अरुण तेश्रो निर्माण टोलीले दिए सिलिचोङ पहिरो पिडितलाई दश लाख रुपैयाँ सहयोग




खाँदबारी । जिल्लामा निर्माणाधिन अरुण तेश्रो परियोजनामा कार्यरत कर्मचारी र कामदारहरुले सिलिचोङ गाउँपालिकाका पहिरो पिडितहरुका ब्यवस्थापनका लागि आर्थिक सहयोग गरेका छन् । अरुण तेश्रो विकास कर्ता कम्पनी र निर्माण कम्पनीमा कार्यरत कर्मचारीहरुबाट संकलित रकम गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरिएको छ ।

अरुण तेश्रो विकास कम्पनी सतलज जलविद्युत निगम, निर्माण कम्पनीहरु पटेल ईन्जीनियरिङ र जय प्रकाश एसोसिएटस् कम्पनीका कर्मचारी र कामदारहरुबाट रकम संकलन गरिएको अरुण तेश्रो कम्पनीका डिपुटी जेनेरल मेनेजर रमेश चन्द्र सुलेरियाले जानकारी दिनुभयो । उक्त सहयोग रकमको चेक सुलेरियाले प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त चेक प्रजिअ आचार्यले गाउँपालिका अध्यक्ष कुलुङलाई हस्तान्तरण गर्नुभएको हो । जिल्ला प्रसासन कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।

अरुण तेश्रोको प्रभावित क्षेत्र समेत रहेको सिलिचोङ गाउँपालिकामा गएको असार २७ गते राती पहिरो गएको थियो । उक्त पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् ।

सम्बन्धित समाचार