सिलिचोङको याचाम्खा गाउँमा पहिरो जान थालेपछि स्थानीय त्रासमा



खाँदबारी । सिलिचोङ गाउँपालिका ३ ताम्कुको याचम्खा गाउँमा पहिरो जान थालेपछि गाउँमा त्रास फैलिएको छ । याचम्खा गाउँको जन्तरे टोलमा बस्तिको तल्लो भागबाट पहिरो जान थालेपछि गाउँमै त्रास फैलिएको हो ।

आज दिउँसो जन्तरेटोलमा पहिरो गएको स्थानीय कालिका आधारभुत विद्यालयका शिक्षिका गीता कुमारी कुलुङले जानकारी दिनुभयो । सो पहिरो भन्दा माथी ६ घर रहेको र उक्त घर वरिपरि समेत ठाउँ ठाउँमा चिरा परेको उहाँले जानकारी दिनुभयो । पहिरोको उच्च जोखिममा परेपछि ६ परिवार करिव ५ सय मिटरको दुरीमा रहेको विद्यालय भवनमा सरेका छन् । अमृतबहादुर कुलुङ, टेकबहादुर कुलुङ, जितेन्द्र कुलुङ, तुलगञ्ज कुलुङ र बलिप्रसाद कुलुङ र कृषणकुमारी कुलुङको परिवार पहिरोले विस्थापित बनाएका हो ।

त्यस क्षेत्रमा १५ दिनदेखि यता पानी परिरहेको छ । लामो समय पानी परेपछि गाउँमा पहिरो जाने सम्भावना उच्च रहेको छ ।

सम्बन्धित समाचार