संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिकाले मनाए प्रथम बार्षिक उत्सव



संखुवासभा l संखुवासभाको सदरमुकाम खाँदबारीबाट प्रकाशन हुर्दै आएको ‘संखुवासभा एक्सप्रेस’ साप्ताहिक पत्रिकाले आफ्नो प्रथम बार्षिक उत्सव मनाएको छ । बिहीबार एक कार्यक्रम बिच पत्रकार महासंघको कार्यालयमा पत्रिकाले आफ्नो प्रथम बार्षिक उत्सव मनाएको हो ।

२०७६ साल असोज १ गतेबाट प्रकाशन शुरु भएको संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिका २०७७ साल असोज १ बाट २औं बर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिकाका अध्यक्ष गोकुल खनाल र बरिष्ठ पत्रकार जीवनाथ खनालले संयुक्त रुपमा दुई वटा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दै गरेका नरकुमार चौहानले आमपब्लिकले पत्रकारले लेखेको समाचारलाई नै विश्वसनीय र आधार मान्ने भएकाले सत्य कुरा मात्रै बाहिर ल्याउनु पर्ने बताए । उनले पत्रकारहरु समाजको ऐना भएकाले सबैकुरा छर्लङ्ग राख्नु पर्ने बताए । कार्यक्रममा रेडियो संखुवासभाका स्टेशन मेनेजर तथा कान्तिपुरका संवाददाता दीपेन्द्र शाक्यले पत्रपत्रिकाले आफ्नो धर्म नछोडी कपि पेष्ट गर्ने परम्परा छोड्नु पर्नेमा जोड दिए । उनले स्थानीय स्रोत साधानको अभावमा पत्रपत्रिकालाई निन्तरता दिन मुस्किल रहेको बताउर्दै पत्रकारले दिने सुचना सत्य, तथ्य र विश्वसनीय हुनु पर्नेमा जोड दिए ।

त्यसैगरि कार्यक्रममा खाँदबारी एफ.एम.का स्टेशन मेनेजर कृष्णराज शाक्यले पत्रपत्रिकालाई निरन्तरता दिनु भनेको फलामको चिउरा चपाउनु सरह भएको बताउर्दै संखुवासभा पोष्ट दैनिक पत्रिका ९ महिना सम्म प्रकाशन गर्न अत्यन्तै कठिन भएको बताए । उनले विगत भन्दा अहिले काम गर्न केही सहज भएपनि सानो बजार, उद्योगधन्दा र कलकारखाना नहुदाँ निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको बताउर्दै संखुवासभा एक्सप्रेस पत्रिकालाई निरन्तरताको शुभकामना दिए । त्यसपछि संखुवासभा देखी काठमााडौ सम्म बसेर पत्रकारिता क्षेत्रको नजिकबाट अनुभव संगालेका अग्रज पत्रकार जीवनाथ खनालले हिजो खाँदबारीमा लिथोबाट पत्रिका प्रकाशन गर्ने गरेको स्मरण गरे । उनले हिजोको पत्रकारिता भन्दा आजको पत्रकारिता निकै फड्को मारिसकेको बताउर्दै पत्रकारले जहिल्यै पनि सत्य तथ्य र निष्पक्ष विश्वसनीय कुराहरु मात्रै प्रकाशन गर्नुपर्नेमा जोडदिए । पछिल्लो समयमा संखुवासभामा ८ वटा एफएम रेडियो र साप्ताहिक पत्रपत्रिकाहरुको संख्या बढ्र्दै गएको भन्र्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले धन्यवाद दिए ।

उनले संख्यात्मक बृद्धि मात्रै भन्दा पनि संचारमाध्यमलाई कसरी गुणात्मक बनाउने तर्फपनि ध्यानु दिनका साथै न्यूनतम पारिश्रमिकको ब्यबस्था गर्नुपर्नेमा जोड दिए । संखुवासभा एक्सप्रेस साप्ताहिकले खोजमुलक समाचारलाई मध्यनजर गर्दै आमसर्वसाधारण महानुभावहरुलाई सुसुचित गर्ने कार्यमा लागि रहेको र निन्तर रुपमा प्रकाशन गर्ने लक्ष्य राखिएको पत्रिकाका प्रकाशक÷सम्पादक नवीन गुरुङले आफ्नो धारणा राखेका थिए । भने कार्यक्रमको समापन गर्दै संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिकाका अध्यक्ष गोकुल खनालले पत्रिकालाई निरन्तरता दिर्दै गुणस्तरीय र खुराकयुक्त बनाउने प्रयत्न जारी रहेकाले रचनात्मक र सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेको समेत बताए ।

सम्बन्धित समाचार