पुर्व राज्यमन्त्री गुरुङ शोकमा




खाँदबारी । पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ पत्नि शोकमा पर्नुभएको छ । पुर्व राज्यमन्त्री गुरुङको श्रीमती छिमी गुरुङको शुक्रबार काठ्माण्डौमा निधन भएको हो ।
गुरुङको परिवार काठ्माण्डौको कपनमा बस्दै आएका थिए । पाठेघरको क्यान्सरबाट पिडित गुरुङको ५० बर्षको उमेरमा निधन भएको हो ।

गुरुङको शुक्रबार दिउसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । गुरुङलाई श्रद्धान्जली दिन नेपाली कांग्रेसका नेताहरुको उपस्थिती रहेको थियो । नेताहरु गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार