मकालु बेस क्याम्प गएका युवकको मृत्यु




सङ्खुवासभा । खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न पुगेका एक युवकको मृत्यु भएको छ । खाँदबारी नगरपालिका १ का २४ बर्षिय बिवेक श्रेष्ठको बेस क्याम्पबाट फर्किने क्रममा मृत्यु भएको हो ।

गएको १२ गते ७ जना युवाहरुको टोली जिल्लाको सदरमुकाम खाँदबारीबाट त्यस तर्फ हिडेका थिए । बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिनुभयो ।

घटनापछि मृत्तकको शव हेलिकप्टरबाट खाँदबारी ल्याईएको छ । सनिबार घटनास्थल तर्फ उडेको हेलिकप्टरले आईतबार विहान खाँदबारी ल्याएको हो । शवको पोष्ट मार्टम गरिने जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिनुभयो । श्रेष्ठको लेक लागेर मृत्यु भएको हुन सक्ने डिएस्पी मल्लको भनाई छ ।

सम्बन्धित समाचार