बिराटनगरमा सुनसरीका कोरोना संक्रमितको मृत्यु




विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो । पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उपचारका लागि आइतबार साँझ ६ः२५ बजे नोबेल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

दुवै मृगौला फेला भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

सम्बन्धित समाचार