खाँदबारी ४ नम्बर वडाको तीन ठाउँमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ मा कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडाभित्रको ३ वटा ठाउँमा ३ दिन सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

४ नम्बर वडाभित्र गएको शनिबार, सोमबार र आज (मंगलबार) तीन ठाउँको कार्यक्रम गैरीपांमा स्थित प्रगतिआमा समुहको भवनमा सम्पन्न गरेको ४ नम्बर वडाका अध्यक्ष सजित राईले जानकारी दिनुभयो । उहाँको अनुसार, वडा परिषदबाट १ लाख रुपैया बजेट बिनियोजन गरेको थियो । र सोही बजेटले वडाभित्रका ३ ठाउँ अन्तर्गत पहिलो दिन सेकाहाको जालपादेवीथान टोल विकास संस्थाको सामुदायिक भवनको सभाहलमा शनिबार सम्पन्न भएको थियो । भने सोमबार सेकाहाको कालिका माध्यमिक विद्यालयको सभाहलमा र आज (मंगलबार) गैरीपांमा स्थित प्रगति आमा समुहको भवनमा तीन दिने सचेतना कार्यक्रम सम्पन्न गरेको हो । खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यालयभित्र २५ वटा टोलका एक सय जना महिला, जेष्ठ नागरिक र अपाङग लगायतका पिछडीएका बर्गहरुलाई लक्षित गरेर सचेतना कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रमका संयोजक छविलाल गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार, एक टोलका ४ जनाका दरले सहभागी निमन्त्रण गरि सोही अनुसार सहभागी गराइएको थियो । कार्यक्रममा कोरोना भाइरस सम्बन्धी फलेक्स ब्यानर समेत टोल–टोलमा टाँग्नका लागि वितरण गरिएको थियो । तीनै ठाउँको तीन दिनको कार्यक्रममा कोरोना भाइरस सम्बन्धी पांमा स्वास्थ्य चौकी सहइन्चार्ज अहेब गणेश विश्वकर्मा, धनकुमारी मगर, सिर्जना गुरुङ, सृष्टि राई र कोरोना भाइरस र मिडिया सम्बन्धी नेपाल जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष पत्रकार नवीन गुरुङले सेसन सहजीकरण गरेका थिए । तीन दिने कार्यक्रमको अन्तिम दिन मंगलबार गैरीपांमा स्थित प्रगतिआमा समुहको भवनमा खाँदबारी नगरपालिकाका मेयर मुरारीप्राद खतिवडाले एक कार्यक्रम बिच समापन गर्नुभयो ।

उहाँले कार्यक्रम समापन गर्दै विश्वमा फैलिइरहेको कोरोना भाइरसबाट आफू बचौ र अरु समेत बचाउनका लागि आफूले जानेको सचेतनाका कुराहरु सेयर गर्न आग्रह गर्नुभयो । उहाँले विश्व स्वास्थ्य सगठन (ध्ज्इ) र जिल्ला स्वास्थ्य कार्यालयले अपिल गरेका निर्देशनहरु पालना गर्न समेत आग्रह गर्नुभयो । उक्त समापन कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर मुरारीप्राद खतिवडा, ४ नम्बर वडाअध्यक्ष, खाँदबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलिप श्रेष्ठ र ४ नम्बर वडाका जनप्रतिनिधीहरुका साथै वडा भित्रका बुद्धिजिवी र नागरिक अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार