चिचिला गाउँपालिकाको कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थागित



 

संखुवासभा । चिचिला गाउँपालिकाका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले प्रवाह गर्ने सेवा स्थागित गरेको छ । पालिकाले आज सुचना प्रकासन गरी अर्को सुचना नआउँदा सम्मका लागि पालिकाको सम्पुर्ण सेवा वन्द गरेको हो ।

पालिकाको स्वास्थ्य शाखाका ५ जना कर्मचारीको स्वाव संकलन गरी परिक्षणका लागि पठाएकोमा मंगलबार १ जना कर्मचारीको रिर्पोट पोजेटिभ देखिएको सुचना मार्फत जानकारी गराइएको छ । संक्रमितको अवस्था सामान्य रहेको पालिकाले जनाएको हो । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा रहेका अन्यको पनि स्वाव संकलन गरी परिक्षणका लागि पठाईने गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले जानकारी दिनुभयो । मंगलबार कोरोना पोजेटिभ देखिएका सबैलाई खाँदबारी आइसोलेसनमा राखिने जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लामा हाल सम्म ९६ जनामा कोरोना पुष्टि भइसकेको छ । खाँदबारी आइसोलेसनमा हाल १३ जना रहेका छन् ।

सम्बन्धित समाचार