धर्मदेवीमा कोरोना संक्रमित भेटिएपछि कार्यालय सहित बजार बन्द



खाँदबारी । धर्मदेवी नगरपालिकामा एक जना कर्मचारीमा कोरोना भाईरस पुष्टि भएपछि मुडे बजार लगायत कार्यालयहरु बन्द गरिएको छ । केहि कर्मचारी र जनप्रतिनिधीहरुको स्वाप परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएपछि कार्यालयसँगै बजार पसल बन्द गरिएको हो ।

संक्रमितको कन्ट्याक ट्रेसिङको रिपोर्ट नआएसम्मको लागि गाउँपालिका कार्यालय, शिक्षण सिकाई सहजिकरण कृयाकलाप र बजार पसल बन्द गरिएको सार्वजनिक सुचना जारी गरि नगरपालिकाले जानकारी दिएको छ । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलन नदिन अनिश्चित कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । कोरोनाबाट बच्न सुरक्षा सावधानी अपनाउन समेत सुचनामा भनिएको छ ।

सम्बन्धित समाचार