कोरोना संक्रमणबाट बीपी प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु




धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ का ६० वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुष रहेका छन् ।

मधुमेहको समस्यासमेत रहेका इटहरीकी महिलालाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइए पनि आईसीयू बेड अभावले इमर्जेन्सी कक्षमा राखिएको अवस्थामा बुधबार बिहान मृत्यु भएको थियो ।

यसैगरी असोज २१ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि बेलबारीका पुरुषलाई असोज २७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको बिहीबार राति मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले बताए । मृतक पुरुषको दीर्घ रोगबारे जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार