आफ्नी छोरीकी मिल्ने साथीलाई बलात्कार गरि हत्या गर्ने पक्राउ



रौतहट । आफ्नी छोरीकी मिल्ने साथीको बलात्कार गरि हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुआका ४५ वर्षका चुनु साह तेली रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

जिल्लाकै गढिमाई नगरपालिका वडा नम्बर १ समनपुर टोलमा घरभई वृन्दावन नगरपालिका वडा नम्बर ४ मामाघरमा बस्दै आइकी १४ वर्षिया बालिकाको शव असोज १६ गते गाउँकै उँखुबारीमा फेला परेको थियो । घटना लगतै प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले गरुडामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेपछि हत्याको रहस्य खुलेको हो ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईँका अनुसार मृतक बालिका पक्राउ परेका तेलीको छोरीको मिल्ने साथी भएकाले उनको घरमा आइरहने र सोही क्रममा तेलीको मृतक बालिका प्रति कुदृष्टि रहेको अनुसन्धानको क्रममा खुलेको छ । सो दिन तेलीले बालिका एक्लै उँखु खेतमा घाँस काट्न गएको मौका छोपी उनलाई ललाइफकाई प्रलोभनमा पारेर जवरजस्ती करणी गरेको र बालिकाले आफुमाथि भएको कुकृत्यको बारेमा अरुलाई भनिदिने भनेपछि डरले घाँटी थिचेर हत्या गरेको प्रहरी उपरिक्षक प्रसाईँले जनाउनुभयो ।

पक्राउ परेका तेलीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । उनीमाथि रौतहट जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार