राष्ट्रिय वाणिज्य बैंक खाँदबारीमा अब लाईन बस्न नपर्ने



खाँदबारी । राष्ट्रिय वाणिज्य बैक खाँदबारी शाखामा अब कारोबार गर्न जाँदा लाईनमा बस्नु नपर्ने भएको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखेर डिजीटल टोकन प्रणाली लागू गरेको छ ।

शाखा प्रवन्धक अनिषकुमार रायमाझीका अनुसार बैकमा आउने ग्राहकले सुरुमा डिजिटल टोकन लिनु पर्ने छ । पहिलेको जस्तो घन्टौ लाईनमा बस्ने झन्झट हटेको उनले बताए । बैंक पुगेका ग्राहकले टोकन लिएपछि पालो नआउन्जेलसम्म अन्य काम गर्न समेत पाउने छन् । एक दर्जन निजी र सरकारी बैंक रहेको खाँदबारीमा राष्ट्रिय वाणिज्य बैंकले पहिलो पटक डिजिटल टोलन प्रणाली लागू गरेको हो ।

सम्बन्धित समाचार