राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

सम्बन्धित समाचार