ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमा कोरोना पुष्टि



इटहरीः ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) झरेन्द्रप्रसाद चापागाईं कोरोना संक्रमित देखिएका छन् । प्रजिअलाई संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा सात दिनका लागि बन्द गरिएको छ ।

केही दिनअघि ज्वरो लगायतका लक्षण देखिएपछि पीसीआर परीक्षण गराएका प्रजिअ चापागाईँ संक्रमणपछि आइसोलेसनमा बसेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको प्रजिअ चापागाईँले बताएका छन् ।

चापागाईँलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईबाट संक्रमण भएको अनुमान गरिएको छ । उनी केही दिनअधि पर्यटन मन्त्री सहभागी रहेको ओलाङ्चुङ्गोलामा स्थापित बोर्डर आउट पोस्टको उद्घाटन समारोहमा चापागाईँ पनि सहभागी थिए । भट्टराईलाई संक्रमण भएको जानकारी आएलगत्तै उनी क्वारेन्टाइनमा बसेका थिए । चापागाईँको मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट सरुवाका क्रममा गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ देखिएको थियो ।

सम्बन्धित समाचार