यसरी संक्रमित भएका थिए धर्मदेवीका मृत्तक (भिडियो समचार सहित)



खाँदबारी । र्धमदेवी नगरपालिकाको मुडे बजारमा सनिबार दिउँसो कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । मुडे बजारमा बस्दै आएका ८१ बर्षिय बृद्धको आफ्नै घरमा मृत्यु भएको हो ।

मृत्तक बुद्धका छोराको परिवार ईटहरी बस्दै आएका थिए । बृद्धका छोरा माध्यमिक तहका शिक्षक हुन् । छोराको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएपछि एक हप्ता अघि चैनपुर आईसोलेसनमा राखिएको थियो । मुढे बजारमा बृद्ध बुवा र छोरा मात्र बस्दै आएका थिए । छोराको पिसिआर गर्न पुर्व नै बृद्ध बुवामा कोरोनाको सामान्य लक्षण देखिएको धर्मदेवी नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयमा शिक्षक अनिबार्य उपस्थित हुनु पर्ने सरकारी निर्देशन पछि ईटहरीबाट आएको छोरोको पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो । छोराको पिसिआर पोजेटिभ आएपछि बुवाको पनि पिसिआर गर्दा ३ दिन अघि मात्र पोजेटिभ रिपोर्ट आएको उपप्रमुख घिमिरेले जानकारी दिनुभयो । बृद्धको रिपोर्ट ३ दिन अघि आए पनि एम्बुलेन्स अभावको कारण चाँडै आईसोलेसनमा लगिएको थिएन ।

शुक्रबार साँझ एम्बुलेन्सको ब्यवस्था भएपनि मृत्तक बृद्धले आईसोलेसनमा जान नमानेको उप्रमुख घिमिरले जानकारी दिनुभयो । उहाँले सिरानीमा खुकुरी राखेर सुत्नु भएको थियो, कसैले मलाई घरबाट उठाए काट्छु भन्नुहुन्थ्यो, उपप्रमुख घिमिरेले भन्नुभयो ।

यसै विच, मृत्तक बुद्धको नेपाली सेनाले अन्त्यष्टि गर्ने बताईएको छ । जसको लागि नेपाली सेनालाई खबर गरिसकिएको नगरपालिकाका उपप्रमुख शोभा भिमिरेले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार