डाक्टर बिआर कुलुङको पहिलो गीत निङ्दोङ सार्वजनिक (भिडियो सहित)



खाँदबारी । डाक्टर बिर्खराज कुलुङ (बिआर) को नयाँ गीत ‘निङ्दोङ’ सार्वजनिक भएको छ । गायीका सुनिता थेगीमको आवाजमा कुलुङ भाषाको पहिलो गीत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतको संगीत र एरेञ्ज छितिज कुलुङले गर्नु भएको हो । गीतको भिडियो छायाँकन क्राउन फुडल्याण्ड एण्ड लन्चबार चाबहिलमा गरिएको छ । गीतको भिडियोमा पनि गायीका थेगीम नै देख्न सकिन्छ । भिडियो निर्देशन हरि कुलुङले गरेका हुन् । यो गीत कुलुङ भाषाको वियोगान्त गीत हो । यस गीतमा दुई प्रेमी विच विछोड भएपछिको बेदना ब्यक्त गरिएको छ ।

हेरौं उक्त गीतको भिडियो

 

सम्बन्धित समाचार