खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट आमाको मृत्यु



जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् ।

तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् । सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार