संखुवासभाका समिरले वाईवाई चाउचाउमा यामाहाको स्कुटर जीते




खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–२ समिर तामाङले वाईवाई जीङ्ग चाउचाउमा स्कुटर जीतेका छन् । वाईवाई जीङ्ग तयारी चाउचाउ खाँदा स्कुटर उपहार जित्ने चैनपुर–२ का समिरलाई स्कुटर प्रदान गरिएको छ । चौधरी गु्रपको सिजी फुड्सले तेस्रो उपहार विजेतलाई सोमबार चैनपुरमा स्कुटर प्रदान गरेको हो ।

सिजी गु्रपले उत्पादन गरेको जीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजना अन्तर्गत चैनपुरका समिरलाई चैनपुरको जिरो पाइन्टमा भएको एक कार्यक्रमका बीच स्कुटर प्रदान गरिएको हो । समिरलाई सिजी फुड्सका प्रदेश १ का प्रमुख पुण्यप्रसाद लुइटेलले यामाहा कम्पनीको स्कुटरको चावी हस्तान्तरण गरेकोे सिजी फुड्सका मार्केटिङ सहायक प्रबन्धक रवीन्द्र मास्केले जानकारी दिए ।

सिजी गु्रपले गत माघ १९ बाट बाट उपहार योजना सञ्चालनमा ल्याएको थियो । सिजी गु्रपले प्रदेश १ का विभिन्न जिल्ला र शहरमा उपभोक्ता एवं ग्राहकलाई उपहार योजना कार्यक्रम ल्याएको प्रबन्धक मास्केले बताए । सिजी गु्रपले उत्पादन गरेको बीस रुपैंयाको वाईवाई जीङ्ग चाउचाउ खाँदा उपहार जित्ने संखुवासभाका समिर आठौं विजेता हुन् । सिजी गु्रपले यस अघि पनि मोरङ लगायतका जिल्लामा विजेतालाई स्कुटर प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

स्कुटर विजेता समिरले वाईवाई जीङ्ग चाउचाउ धेरै मिठो चाउचाउ भएको र स्कुटर उपहार जित्दा खुसी लागेको बताए । उनले भने मैलै किनेको तीन वटा चाउचाउ मध्ये एउटा प्याकेट खोल्दा कुपन परेको अनुभव सुनाए ।

ग्राहकलाई लक्षित गरेर चाउचाउको जीत उपहार योजनाअन्तर्गत ट्ब्लेट्स, स्मार्ट वाच, स्केटिङ साइकल, स्पाइनर, फुटबल स्पाइनरटप, कलरफुल ग्यारो, लुडो लगायतका आकर्षक उपहारहरु राखिएको प्रबन्धक मास्केले बताए । वाईवाईकै अर्को ब्राण्डको रुपमा वाईवाई जिङलाई सिजि कम्पनीले १ नम्बर प्रदेशभरी वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार