प्रधानमन्त्री ओली संखुवासभा आउनुहुँदै, के के छ कार्यक्रम ?



खाँदबारी । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा आउनुहुने भएको छ । कार्तिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा (अरुण तेश्रो) को अनुगमन गर्न आउनुहुने भएको हो ।

बिहान ८ बजे हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किकाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्नुहुनेछ । उक्त राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान आउनु हुने कार्यक्रम रहेको समेत जिल्ला समन्वय प्रमुख शाक्यले जानकारी दिनुभयो । फ्याक्सिन्दाको कार्यक्रम सम्पन्न पश्चात दिउँसो ३ बजे प्रधानमन्त्री ओली काठ्माण्डौ फर्किनु हुनेछ ।

किमाथाङ्कामा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे लगायतका जनप्रतिनिधी र स्थानीय नागरिकहरुले प्रम ओलीको स्वागत गर्ने तयारी गरिएको छ । त्यस्तै, च्याम्ताङमा त्यहाँका वडा अध्यक्ष र स्थानीय नागरिकहरुले स्वागत गर्ने छन् भने फ्याक्सिन्दा दोभानमा जिल्लाका जनप्रतिनिधी र अरुण तेश्रोका प्रतिनिधीहरुले स्वागत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय प्रमुख शाक्यले ईमकालु अनलाईनलाई जानकारी दिनुभयो ।

सम्बन्धित समाचार