संखुवासभाः धर्मदेवीको तेल्लोकबाट नियमित बस सेवा सुचारु



खाँदबारी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर १ तेल्लोकमा नियमित बस सेवा सुचारु भएको छ । तेल्लोकमा गत मङ्सिर १ गतेदेखी नियमित बससेवा संचालन हुदा स्थानीयबासी हर्षित भएका छन ।

तेल्लोकबाट बिहान ७:३० बजे इटहरीका लागि अग्नि, आशिष दर्शन, पशुपति दर्शन र छिन्ताङदर्शन नामकाबसहरु हरेक दिन छुट्ने गरेपछि स्थानीयहरुलाई आफ्ना विभिन्न कामका लागि जिल्लाका विभिन्न ठाउ तथा जिल्ला बाहिरको यात्राका लागि सहज भएको छ ।

इटहरीबाट भने बिहान करिव ६ः३० बजे बस छुट्ने गरेको छ । करिव १० बर्ष अगाडी नै बाटो बनेपनी बससेवा भने हालसम्म पनि हुन सकेको थिएन । कोशी राजमार्ग अन्तर्गत मुढे देखि करिव ९ किलोमिटर रहेको उक्त गाउँमा बससेवा नियमित सुचारु भएपछि धेरै कुराहरु सहज भएको भन्दै सामाजिक सन्जालमा धेरै खुशी व्यक्त गरेका छन । बससेवा पुगेपछि स्थानीयबासीले जनप्रतिनिधि तथा बसका स्टाफलाइ खादा ओडाएर सम्मान समेत गरेका छन ।

सम्बन्धित समाचार