अरुण तेश्रोलाई पटक पटकको अनुरोध पछि चिचिलामा बन्ने भयो आईसोलेसन



खाँदबारी । निर्माणधिन अरुण तेश्रोमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढेपछि मकालु गाउँपालिका र चिचिला गाउँपालिकाको संयुक्त बैठकले अरुण तेश्रोलाई आईसोलेसन निर्माणको माग गरेको थियो । पटक पटकको पत्रचारपछि पनि आईसोलेसन निर्माणमा अरुण तेश्रोले चासो नदिएको भन्दै पुखुवा र केराबारी क्षेत्र सिल गर्न चिचिला गाउँपालिकाले पत्रचार गरेको थियो ।

मंसिर १४ गतेको उक्त पत्रको सुनवाई गर्दै अरुण तेश्रोले आईसोलेसनको निर्माण गर्ने भएको छ । चिचिला गाउँपालिकाको प्रस्तावित अस्पताल निर्माण क्षेत्रमा आईसोलेसन बनाउन लागिएको हो । आईसोलेसन निर्माणको लागि सय बोरा सिमेन्ट सोमबार निर्माण क्षेत्रमा पुराईने अरुण तेश्रोले चिचिला गाउँपालिकालाई परिपत्र गरेको छ । आईसोलेसन निर्माण गर्न अरुण तेश्रो मञ्जुर भएपछि तत्काल निर्माण गरिने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जाानकारी दिनुभयो ।

आईसोलेसन निर्माणको लागि गाउँपालिकाले प्राविधिक स्टिमेट समेत तयार गरेर अरुण तेश्रोलाई पेश गरेको थियो ।

सम्बन्धित समाचार