अथक हरि वैरागी दाहालको स्मृति–ग्रन्थ विमोचन



खाँदबारी । अथक योद्धा हरि वैरागी दाहाल स्मृति–ग्रन्थ पुस्तक मङ्गलवार सार्वजनिक भएको छ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिकामा जन्मनुभएका हरि वैरागी दाहालको योगदानको सम्झनामा प्रकासित पुस्तक खाँदबारी नगरपालिका कार्यालयको सभाहलमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।

विकास निर्माणमा, सामाजिक रुपान्तरणमा र समृद्विको अभियानमा जुनसुकै समयमा पनि अनवरत रुपमा लागिरहने व्यक्ति तथ्यहरुको संगालोमा अथक योद्धा पुस्तक मार्फत भावि सन्ततीहरुमा चिनिनुभएको उहाँको भनाई छ । हरिलाई जनता र पार्टीले चिन्न नसकेपनि उनले विकास र समृद्विको क्षेत्रमा देखेका सपनाहरु यसै स्मृतिग्रन्थले उजागर गरेको पाइन्छ ।

कार्यक्रमको समयमा वोल्दै मादी नगरपालिकाका प्रमुख विदुर लिङ्थेपले सिर्जनशील सोच र जनसमुदायमा क्रियाशील भैईरहने अत्यन्तै सक्रिय अगुवा हरि वैरागी सङ्खुवासभा जिल्लामा कम्युनिष्ट आन्दोलनको तीव्र विकास र विस्तारका अतुलनिय योगदान गरेर स्मरणमा रहेको बताउनुभयो । त्यस्तै गरेर सङ्खुवासभा जिल्लामा वगेको खोलाको पानीलाई विद्युतमा रुपान्तरण गर्ने पहिलो अभियान्ता वैरागीनै रहेको जिल्ला सम्वन्वय समितिका उपप्रमुख अम्विका खवासले बताउनुभयो ।

पञ्चायतकालमा अनेरास्जवियुको नेता हुदै कम्युनिष्ट राजनिती सुरु गर्नुभएका र विकासको सपना देख्ने एक अभियान्ता विकास, पर्यटन र उद्योगसंग सम्वन्धित महत्वपुर्ण योजनाहरु बनाउनुभएका वैरागी जनताको अधिकार प्रगतिको लडाईमा निरन्तर लागिरहेको व्यक्तिको रुपमा परिचित थिए । यि यस्ता उनको भुमिका र यिनै तथ्यहरुको संगालोको रुपमा अथक योद्धा हरि वैरागी दाहाल नामक स्मृति ग्रन्थको आज सार्वजनिकीकरण भएको छ । वैरागीले गर्नुभएका योगदानको सम्झनामा सत्य र तथ्य कुराहरुको उल्लेख गरेर प्रकाशन गरिएको पुस्तकमा उहाँलाई चिन्नुहुने व्यक्ति व्यक्तित्वहरुले चित्रण गर्नुभएको छ ।

मङ्गलबार भएको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा राजनितीक दलका प्रतिनिधि, समाजसेवी, वुद्विजीवी, शिक्षकवर्ग, कर्मचारी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार