सिसुवाखोला पहिरो पिडितलाई कुलुङ संघले दियो १९ लाख रुपैयाँ बढी रकम (भिडियो सहित)



खाँदबारी । नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले सिसुवाखोला पहिरो पिडितहरुको ब्यवस्थापनका लागि १९ लाख ५२ हजार ६ सय १४ रुपैयाँ हस्तान्तरण गरेको छ । देश विदेशका विभिन्न दाताहरुबाट संकलन गरेर संघले उक्त रकम हस्तान्तरण गरेको हो ।

संघका केन्द्रीय महासचिव ईन्द्र कुलुङ नेतृत्वको टोली अस्थायी पुर्नवास मध्यको एक सिसुवाटारमा पुगेर उक्त रकम गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरिएको हो । संघले क बर्गका पिडितहरुलाई २९ थान ब्लेङ्केट पनि हस्तान्तरण गरेको हो । राहत हस्तान्तरण गर्नुहुँदै कुलुङ संघका केन्द्रीय महासचिव कुलुङले देश भित्र र बाहिरका कुलुङ र कुलुङ शुभचिन्तकहरुबाट उक्त रकम संकलन भएको र संकलन भएको सम्पुर्ण रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
सोलुखुम्बु, संखुवासभा, सुनसरी, झापा, मोरङ, ईलाम, काठ्माण्डौ, कास्कीका कुलुङ संघ जिल्ला समन्वय समितिको सक्रियतामा संकलित रकम हस्तान्तरण गरिएको महासचिव कुलुङले जानकारी दिनुभयो । त्यस्तै, कुलुङ संघ बेलायत, संयुक्त राज्य अमेरिका, जापान लगायतको देशहरुमा पनि रकम संकलन भएको महासचिव कुलुङले जानकारी दिनुभयो । दाताहरुबाट प्राप्त भएको रकम जस्ताको त्यस्तै हस्तान्तरण गरिएको र सो को बिवरण गाउँपालिकालाई बुझाईएको कुलुङको भनाई छ ।

राहत बुझिलिनुहुँदै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले प्राप्त रकम पहिरो विस्थापितहरुको स्थाई बास ब्यवस्थापनमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विस्थापितहरु सुरक्षित स्थानमा पुर्नवास गराउन जग्गाको आवश्यक पर्ने भएकोले सोको ब्यवस्थापनमा राहत रकम खर्च गर्ने आफुहरुको तयारी रहेको जानकारी दिनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा कुलुङ संघका केन्द्रीय महासविच सहित सुनसरी जिल्ला अध्यक्ष मालुमध्वज कुलुङ, संखुवासभा अध्यक्ष लाकपद कुलुङ, खाँदबारी नगर समितिका उपाध्यक्ष डिल्ली कुलुङ, संखुवासभा राहत कोष सञ्चालक समितिका अध्यक्ष मोहनकुमारी कुलुङ सदस्य कमला कुलुङ लगायतको टोली बुधबारे पुगेको थियो । कार्यक्रमको स्थलगत ब्यवस्थापन कुलुङ संघ सिलिचोङ गाउँ कार्य समितिले गरेको थियो भने सञ्चालन पुर्व केन्द्रीय सचिव दिपेन्द्र कुलुङले गर्नुभएको थियो ।

सम्बन्धित समाचार