सिसुवाखोलाका आगलागी पिडितलाई पुर्व राज्यमन्त्री गुरुङले दिए नगद सहयोग



खाँदबारी । पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सिलिचोङ गाउँपालिका १ सिसुवाखोला गोगने टोलका आगलागी पिडित भिमकुबिर कुलुङलाई राहत रकम प्रदान गर्नुभएको छ । विभिन्न कार्यक्रमको क्रममा सिलिचोङ पुग्नुभएको पुर्व राज्यमन्त्री गुरुङले पिडित भिमकुबिरलाई भेटेर नगद दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

पुर्व राज्यमन्त्री गुरुङले आगलागी पिडित कुलुङलाई सान्त्वना दिदै पिडामा नआत्तिन सुझाउनुभएको छ । यस्तो विपत्तिको सामना गर्न शुभचिन्तकहरुले सहयोग गर्ने बताउनुभयो । आफुले दिएको रकम सानो भए पनि भैपरि आउने गर्जो टार्न सहयोग पुग्ने गुरुङको अपेक्षा थियो ।

कुलुङको कार्तिक २४ गते दिउँसो आगलागी भएको हो । आगलागीको समयमा गाउँमा छिमेकमा कोहि नभएकोले केहि पनि निकाल्न नपाएको स्थानीय अशोक कुलुङले जानकारी दिनुभयो । अहिले अन्य ब्यक्ति र संस्थाहरुबाट समेत सहयोग जुटन थालेको कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार