तारामान गुरुङ अर्थात् ‘हेलिकप्टर बाजे’



खाँदबारी । संखुवासभाको दुर्गम क्षेत्र मकालुमा जन्मिएका तारामान गुरुङ संखुवासभामा हेलिकप्टर बाजेका रूपमा पनि परिचित छन् । दुर्गम जिल्ला संखुवासभामा यातायात र स्वास्थ्य सेवाको अवस्था भरपर्दो नभएपछि हरेक महिनाजसो कुनै न कुनै बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ वा अन्य सुविधासम्पन्न अस्पतालमा पु(याउनैपर्ने हुन्छ । त्यसका लागि हेलिकप्टर नै त्यस क्षेत्रको एकमात्र विकल्प बन्दै आएको छ ।

ग्रामीण जीवनका उकालीओरालीसँग मात्र परिचित स्थानीयले यस्ता बाह्य र विषम परिस्थितिमा सम्झने नाम हो— हेलिकप्टर बाजे अर्थात् पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ । आर्थिक अवस्था त्यति दरिलो नभए पनि उनलाई ग्रामीण भेगका बासिन्दाले खुबै सम्झने गर्छन् । जस्तोसुकै परिस्थिति भए पनि स्थानीयले सहयोग खोजेको बेला हेलिकप्टरमा बसेर सकेसम्म उनी आफैं बिरामीको गाउँसम्म पुग्छन् । । गोजीमा धेरथोर रकम भए सहयोग पनि गर्छन् । गाउँको भूगोल, परिवेश र रहनसहनसँग राम्ररी भिजेका हेलिकप्टर बाजे तारामानले ग्रामीण भेगमा दुःख पर्दा धेरैलाई आफैं पुगेर सहानुभूति दिँदै आएका छन् ।

ग्रामीण भेग भोटखोलाका बासिन्दालाई यो दल त्यो दलको राजनीतिसँग त्यति मतलब छैन । आपूmलाई साह्रोगाह्रो पर्दा जसले सहयोग गर्छ उसैलाई भोट हाल्ने गरेका छन् । आपत्विपत्मा सहयोग गर्नेलाई सबैले माया र सम्मान गर्छन् । आफ्नो गाउँ सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा रहेकाले बिरामीका आफन्त तथा सहाराविहीन बनेका प्रायः धेरैले उनलाई फोनमार्फत आफ्नो र गाउँको समस्या राख्ने गर्छन् ।

२०७० को संविधानसभा निर्वाचनमा उनले संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित हुने अवसर पाए । छोटो समय करिब ७ महिना मात्र स्वास्थ्य राज्यमन्त्री हुँदा उनले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि निकै काम पनि गरे । स्वास्थ्य राज्यमन्त्री गगन थापाका समयमा राज्यमन्त्री बन्ने अवसर पाएका हेलिकप्टर बाजेले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने उम्मेदवार बन्ने अवसर पाएनन् । त्यसपछि पनि उनी राजनीति र समाजसेवाबाट निराश छैनन् ।

निरन्तर रूपमा जिल्लाका ग्रामीण भेगमा आपत्विपत् पर्दा पुगिरहेका हुन्छन् । संखुवासभाको आकाशमाथि कुनै हेलिकप्टर देख्नासाथ स्थानीयले आज पनि तारामान आए कि क्या हो भन्ने गर्छन् । उनलाई आपत्विपत्को समयमा स्थानीयले सम्झनुको कारण उनीसँग हेलिकप्टर र सम्पत्ति भएर होइन । उनीसँग यी दुवै कुरा छैनन् । तर उनको मिजासिलो स्वभाव, हेलिकप्टर सञ्चालकसँगको सुमधुर सम्बन्ध र लामो समयको अनुभवले पनि सकेसम्म कम खर्चमा काठमाडांै पुग्न सकिन्छ भन्ने स्थानीयमा छाप परेको छ ।

उनले २०७० को निर्वाचनमा विजय हासिल गर्नुको पछाडि बीसौं वर्ष गाउँमा हेलिकप्टर पु¥याएर स्थानीयको सुखदुःखमा साथ दिनु प्रमुख कारण रहेको धेरैको अनुमान छ ।
दुई कार्यकाल नेपाली कांग्रेस संखुवासभाको पार्टी सचिव र निरन्तर चार कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका उनले गाउँमा कोही बिरामी पर्दा वा कुनै आपत्कालीन अवस्था आउँदा यसरी नै उद्धारमा सहयोग पु¥याउँदै आएका थिए । संविधानसभा सदस्यका रूपमा निर्वाचित भएपश्चात् पनि उनले आफूलाई गाउँभन्दा पर कहिल्यै सम्झेनन् । १ सयभन्दा बढी घाइते र अन्य बिरामीलाई उनले आफू सांसद भएको समयमा समेत निरन्तर रूपमा हेलिकप्टरमार्फत काठमाडांै पु¥याउन सहयोग गरिरहे ।

चीनको तिब्बतसँग सिमाना जोडिएको भोटखोला, मकालु, शिलिचोङ, सभापोखरीलगायतका दुर्गम क्षेत्रबाट बिरामी सदरमुकाम खाँदबारी ल्याउन यातायात सुविधा नभएको र पैदल मार्गबाट बिरामी बोकेर सदरमुकामस्थित जिल्ला हस्पिटल ल्याइपु(याउन हप्ता दिनभन्दा बढी लाग्ने गर्छ ।
त्यहाँ पु(याएपछि पनि भनेजस्तो स्वास्थ्य सुविधा नपाइने भन्दै आफन्त र गाउँलेले बिरामीलाई काठमाडौँ पु(याउने गर्दै आएका छन् । दुःखजिलो गरी भौगोलिक र मौसमी मार खेपिरहेका संखुवासभाको भोटखोला, मकालु, शिलिचोङ, सभापोखरीलगायत क्षेत्रका स्थानीय बासिन्दाले बिरामी भएको अवस्थामा अत्यधिक आर्थिक समस्या बेहोर्दै आएका छन् ।

संखुवासभाको सदरमुकाम खाँदबारी–९, तुम्लिङटारमा हवाई सेवाको राम्रै व्यवस्था छ । नेपाल वायुसेवा निगम, यति एयरलाइन्स र बुद्ध एयरले दैनिक रूपमा हवाईजहाजको सेवा दिइरहे पनि दुर्गम क्षेत्रका अधिकांश बासिन्दाले भने महँगो शुल्कको हेलिकप्टर नै चार्टर्ड गरेर बिरामीलाई सुविधासम्पन्न हस्पिटल पु(याउनुपर्ने बाध्यता रहँदै आएको छ ।

संखुवासभाका अधिकांश दुर्गम भेगका आर्थिक अवस्था दरिलै भएका वा आफन्त, शुभचिन्तकको सहयोग जुटाउन सक्नेले हेलिकप्टरमार्फत काठमाडौँ वा अन्यत्र पुगेरै भए पनि स्वास्थ्यसेवाको उपभोग गरिरहेका छन् । तर गरिब, निमुखा र आर्थिक अवस्था मजबुत नभएकाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था विद्यमान छ ।

सम्बन्धित समाचार