संखुवासभा कांग्रेसद्वारा सरकारको विरोध, पुर्व राज्यमन्त्री गुरुङ र खड्काद्वारा सम्बोधन



खाँदबारी । सोमबार नेपाली कांग्रेसले देशभर सरकारको गलत गतिविधी विरुद्ध आमसभाको आयोजना गरेको छ । संखुवासभामा पनि नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा र्याली सहितको आमसभाको आयोजना गरिएको छ ।

कार्यक्रमलाई पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का लगायतका नेताहरुले सम्बोधन गरेका छन् । जिल्ला सभापति दिपनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमले र्यालीको आयोजना गरि विभिन्न स्थानमा सम्बोधनको कार्यक्रम राखेको थियो । नेपाली कांग्रेसको कार्यालयबाट सुरु भएको र्यालीले जिल्ला प्रसासन कार्यालय अगाडी कोणसभाको आयोजना गरेको थियो । उक्त कोणसभालाई पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले सम्बोधन गर्नुभएको थियोे । कार्यक्रममा बोल्नुहुँदै बर्तमान सरकार भ्रष्टचारको दलदलमा फसिसकेको र कम्युनिष्ट सरकारबाट विकासले गति लिन नसक्ने बताउनुभयो । दुई तिहाईको बहुमत प्राप्त सरकारबाट नागरिकहरुले ठुलो अपेक्षा राखेको तर बहुमतको गलत फाईदा उठाउँदै भ्रष्टचार र अपराधिक कृयाकलापमा लिप्त रहेको आरोप लगाउनुभयो ।

जिल्ला प्रसासन कार्यालय अगाडीको सभापछि जिल्ला प्रहरी कार्यालय अगाडी पुगेको र्यालीको कोणसभालाई पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सम्बोधन गर्नुभएको थियो । ओली नेतृत्वको सरकारको कुनै पनि मन्त्री र उच्च पदका पदाधीकारीहरु भ्रष्टचारबाट चोखो नरहेको आरोप लगाउनुभयो । बालुवाटार जग्गा प्रकरण, गोकुल बास्कोटा प्रकरण हुँदै हाल नारायणकाजी श्रेष्ठको कमिसन काण्डसम्म आउँदा कारबाही गर्नुको साटो संरक्षण गर्दै आएको गुरुङले बताउनुभयो । सरकारको केन्द्रको रबैया जिल्लाका सांसदहरुले समेत सिको गरेको गुरुङले आरोप लगाउनुभयो ।

सम्बन्धित समाचार