चिचिलाको आहालेमा स्वास्थ्य केन्द्रको उद्घाट



चिचिला । चिचिला गाउँपालिकाको आहलेमा आधारभुत सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । आइतवार आयोजित कार्यक्रममा गाउँपालिका अध्क्षय पासङ नुर्ब शेर्पाले ईकाईको उद्घाटन गर्नुभएको हो ।

गत गाउँसभाबाट पारित भएको कार्य योजना अनुसार गाउँपालिकाको वडा नम्बर २ को आहालेमा स्वास्थ्य ईकाईको स्थापना गरिएको हो । ईकाई सञ्चालनका लागि भवनको निर्माण भई नसकेकोले स्थानीय रिञ्जी शेर्पाको घरमा अस्थायी कार्यालय राखिएको छ । स्थानीय शेर्पाले स्वास्थ्य ईकाईको आफ्नै भवन निर्माण नभएसम्मको लागि दुई कोठा निशुल्क उपलब्ध गराउनुभएको हो ।

आहाले गाउँका नागरिकहरु यस अघि उपचारका लागि चिचिला वा सदरमुकाम खाँदबारी जानु पथ्र्यो । अब भने यहाँका नागरिकहरुले आफ्नै गाउँबाट आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । यस ईकाईबाट सेवा दिनका लागि एक जना अहेबको ब्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यष यदुकुमारी राईको समेत उपस्थिती रहेको थियो । कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुक्रादेवी राईले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पाले खुशी ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार