तस्करको फन्दाबाट यसरी बचे मोरङका तीन बालबालिका



लेटाङ । तस्करको फन्दामा परेका लेटाङ नगरपालिका वडा नम्बर ७ वारङ्गीका ३ बालबालिकाहरुलाई स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ ।

बिहिवार बिहान आफ्नो बुवालाई भेट्न भनी बेलबारी हिँडेका ३ जना बालबालिकाहरु बिच बाटोमै रात परेपछी लेटाङ २ पैतिसबिगेमा परालको माचमा राती सुतेका थिए । शुक्रबार बिहान पुःन हिड्ने क्रममा जोगीको भेषका अपरिचित ब्यक्तीहरु सँग उनीहरको भेट भएको थियो ।

अपरिचित ब्यक्तिको नियन्त्रणमा परेका बालबालिकाहरु लेटाङ ७ खोलाघारी घर भएका बर्ष १२ कि सुमित्रा राई बर्ष ११ का छबिलाल लिम्बू र बर्ष १० का कुसल लिम्बू रहेका छन् । लेटाङ २ का स्थानीय भोला पौडेलले बेलबारी जाने क्रममा शंकास्पद ब्यक्तिसंग बालबालिकालाई देखेपछि बुधबारे प्रहरी चौकीमा खबर गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा अभियुक्तहरुलाई नियन्त्रणमा लिएर बालबालिकाहरुको सकुशल उद्दार गरी ईलाका प्रहरी कार्यलय लेटाङलाई बुझाईएको छ ।

सम्बन्धित समाचार