अन्य पालिकाको तुलनामा पाँचखपनको विकासको गति तिब्र छः मेयर बिपिन राई



पूर्वी जिल्ला संखुवासभामा रहेको पाँचखपन नगरपालिकाका पहिलो निर्वाचित मेयर विपिन राई नगरपालिकाको विकासमा निरन्तर खटिरहेका छन् । साविकको ३ वटा गाविसहरु वाना, स्याबुन र जलजला मिलेर बनेको पाँचखपन संखुवासभाकै सबैभन्दा बढी रुद्राक्ष उत्पादन हुने र दोश्रोमा अलैची उत्पादन हुने नगरपालिकाकारुपमा चिनिन्छ । पाँचखपनबासीको जीवनस्तर उकास्न जुटिरहेका मेयर राईले विशेषत स् कृषि, पर्यटन तथा विकास निमार्णका कामलाई अगाडि बढाएका छन् । ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्नेलाई छोड्दिन’ भन्ने मेयर राईले आफुले पाउने सबै सेवासुविधा स्थानियका लागि खर्च गरिरहेका छन् । हिजोको पाँचखपनभन्दा आज आमूल परिवर्तन भइसकेको बताउने मेयर राई भोलिका दिनमा अझ धेरै गर्न बाँकी रहेको बताउँछन् । पाँचखपन नगरपालिकाका मेयर बिपिन राईसँग पाँचखपनको सेरोफेरोमा रहेर पत्रकार उद्वव भट्टराईले गरेको कुराकानी ः

पाँचखपन नगरपालिकाको संस्थापक मेयर बन्नुभयो, आफ्नो नगरपालिकालाई तपाई कसरी चिनाउनु हुन्छ ?

हो, म पाँचखपन नगरपालिकाको पहिलो निर्वाचित मेयर हुँ । हाम्रो नगरपालिका साबिक ३ वटा गाविस वाना, स्याबुन र जलजला मिलेर बनेको हो । यो नगरपालिकाको इतिहास बेग्लै छ । खासगरी पाँचखपन नाम किन बस्न गयो भन्ने सन्दर्भमा धेरै बिषयहरु उठेका छन् । तथापि यहाँ पाँचजना किराँत दाजुभाईले राज्य गरेको ठाउँ भन्ने कुरा इतिहासले बताउँछ, त्यसैले पाँचखपन नामाकरण भयो । संखुवासभाकै सबैभन्दा बढी रुद्राक्ष उत्पादन हुने र दोश्रोमा अलैची उत्पादन हुने नगरपालिकाका रुपमा पाँचखपनलाई चिनाउन सकिन्छ ।

पाँचखपन कृषिमा अगाडि छ भन्न खोज्नु भएको हो ? अन्य क्षेत्रको विकासमा चाहि के गर्दै हुनुहुन्छ नि ?

पाँचखपन नगरपालिकामा अझै कृषि क्षेत्रमा नै योगदान दिनुपर्ने देखिएको छ । कृषि क्षेत्रमा योगदान दिनको लागि सर्वप्रथमत हामीलाई बाटो कै आवश्यकता पर्दछ । कृषि उत्पादन गरेपनि यहाँदेखि बजारसम्म लैजानलाई ठुलो समस्या छ । जसका कारण हामीले सबैभन्दा पहिले त बाटोघाटो, बिजुली, खानेपानीलाई नै प्राथमिकता दिएका छौ । अहिले बाटो पनि सम्पुर्ण बस्तीमा पुगिसकेका छन् । अब हामीले कृषि क्षेत्रमा लगानी ग¥यौ भने यहाँ उत्पादन भएको सामानहरु जुनसुकै ठाउँमा पु¥याउन सक्ने अवस्थामा पुगेका छौ । यसले नगरको आर्थिक उन्नतीमा सहायता गर्न ठुलो टेवा पु¥याउछ भन्ने हामीले सोचेका छौ ।

हामीले लगानी गर्नुपर्ने मुख्य क्षेत्रकारुपमा कृषि र पर्यटनलाई लिएका छौ । विशेषगरी पाँचखपन नगरपालिकामा धार्मिक पर्यटन क्षेत्रतर्फ एकदमै लोकप्रिय तथा धार्मिक शक्ति भएको मानिएको नागेश्वर महादेब र गुप्तेश्वर महादेब मन्दिर रहेका छन भने घोर्ले झरना, शिखरपुर भ्यु टावर, यलम्बर पार्क, निमनगढी भ्यु टावर र देउराली भ्यु टावर पनि बन्दै गरेका छन् । यी ठाउँहरुलाई प्रोमोट गरेर राम्ररी अगाडि बढायौ भने पाँचखपन नगरपालिका चिनाउनुका साथै आर्थिक उन्नतीको बाटो पनि बन्छ भन्ने लागेको छ ।

तपाईले देखेको हिजोको पाँचखपन र आजको पाँचखपनमा परिवर्तन आएको छ ? जनताले के फरक पाउँछन् त ?

हिजोको पाँचखपन र आजको पाँचखपनमा धेरै फरक छ । हिजोको पाँचखपनमा प्रत्येक वडामा, टोलटोलमा बाटो पुगिसकेको थिएन, बिजुलीबत्ती बलिसकेको अवस्था थिएन, खानेपानीका कुवा–धाराहरु बनिसकेको अवस्था थिएन, भएका पनि पुराना तथा जीर्ण अवस्थामा थिए । हरेक ठाउँमा स्वास्थ्य सेवा पुगेको थिएन । शिक्षाको कमीहरु थिए । अहिले नगरपालिका भएपछि अनि हामी यहाँको जनप्रतिनिधि भएर आएपछि प्रत्येक टोलटोलमा मोटर बाटो पु¥याएका छौ । प्रत्येक ठाउँँमा बिजुली बत्ती पु¥याइसकेका छौ र खानेपानीको समस्या पनि धेरै समाधान गर्दै आईरहेका छौ । पहिले धेरै दुर्गम मानिने पाँचखपन अहिले धेरै सुगम मान्न थालिएको छ । विकासको दृष्टिकोणमा हेर्दाखेरी भर्खरै जन्मिएको नगरपालिका भएपनि धेरै कामहरु गर्न सफल भएका छौ । नगरपालिकालाई हामीले हुर्काएर भर्खर बामे सर्ने बनाएका छौं । यहाँका जनप्रतिनिधिहरु विकासमा एकजुट भएर अगाडि बढेकोले अरु नगरपालिका भन्दा दु्रत गतिमा विकासका काम भइरहेको छ ।

पाँचखपन नगरपालिका तथा नगरबासीलाई सम्मुनत बनाउन तपाईका भोलिका योजनाहरु केके रहेका छन् ?

हामी निरन्तर विकास निमार्णमा लागिरहेका छौं । अहिले बनेका बाटोहरुलाई कालोपत्रे गरेर पक्की बनाउने र त्यसपछि कृषिमा लगानी गर्ने हाम्रो पहिलो प्राथमिकता रहेको छ । यहाँ रुद्राक्ष, अलैची, साग, टमाटर, सुन्तला, किवी, कागती खेतीको सम्भावना प्रचुर रहेकोछ । त्यसैले हामीले पक्की कालोपत्रे बाटो बनायौ भने अनि कृषिमा लगानी ग¥यौ भने यहाँका जनताले उत्पादन गरेका कृषि सामाग्री बाहिर पठाएर आर्थिक रुपमा पनि अब्बल हुने स्थिति बन्नेछ ।

विकास निरन्तर चल्ने प्रकृया हो तर तपाईले नेतृत्व गरिरहदाँ पाँचखपन नगरपालिकामा आएको परिवर्तन केही भन्न सक्नुहुन्छ ?

हो, धेरै परिवर्तन भएका छन् तथापी केही मुख्य परिवर्तनहरु भन्न चाहन्छु । पहिला पाँचखपन नाम मात्रका लागि नगरपालिका थियो । यहाँ म आउनुुभन्दा पहिला कुनै सुरक्षा, स्वास्थ्य, आफ्नै भवन, खानेपानी भनेजति थिएन । पहिला वाना बिहिबारेमा प्रहरी चौकी थियो । त्यसलाई हामीले हाम्रै पहलमा ईलाका प्रहरी कार्यालय ‘क’ थाना बनाइयो । र ‘क’ थाना बनाउने सन्दर्भमा नगरपालिकाले नै जग्गा किनेर दियौ । ईलाका प्रहरी कार्यालयको भवन पनि निर्माण हुँदैछ । पाँचखपनको अर्को आकर्षण रहेको स्वास्थ्य चौकीलाई १५ बेडको हस्पिटल बनाउनका लागि जग्गा पनि किनेर हस्तान्तरण गरिसक्यौ । केही दिन अगाडि मात्र त्यसको शिलान्याससमेत भइसकेको छ । पाँचखपन नगरपालिकामा सबैभन्दा ठुलो समस्या वडा नं ५, ६ र ७ मा खानेपानीको थियो । हामीले वाना–बिहिबारे खानेपानी योजना बनाएर अहिले बडो कठिनाईका साथ वाना बिहिबारेसम्म पानी खसाली सकेका छौ र यसै साल वडा नं ४ को पिप्लेटार पुच्छारसम्म पु¥याउने लक्ष्य राखेका छौ । हामीले ९ वटै वडा कार्यालयहरुमा आफ्नै वडा कार्यालय भवन बनाइसकेका छौं । नगरपालिकाको भवन निर्माण गरेर कार्यालय सारिसकेका छौं । धेरै काम भइरहेका छन् ।

स्थानिय तहमा विकासभन्दा बढि भ्रष्टाचार र हिनामिनाको घटना आइरहेका छन्, तपाईको नगरपालिकाले चुस्त दुरुस्त राख्नका लागि के गरेको छ, परिवर्तन आफैबाट आउनु पर्ने होइन र ?

पाँचखपन नगरपालिका यस्तो नगरपालिका हो जहाँ भ्रष्टाचार अहिलेसम्म भएको छैन भन्ने मेरो दावी हो । म आफै भ्रष्टाचार विरोधी हुँ । यहाँका जनप्रतिनिधि पनि त्यस्तै हुनुहुन्छ र कर्मचारीहरु पनि कोही त्यस्तो हुनुहुन्न । म ठोकुवाका साथ भन्छु भ्रस्टाचार भन्ने पाँचखपन नगरपालिकामा कसैले पनि गरेको थाहा पाएको छैन र मैले पनि गरेको छैन । मैले स्थानिय चुनाव हुनुभन्दा अघि नै भोट माग्ने क्रममा यदि मैले पाँचखपन नगरप्रमुख जितेँ भने म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्नेलाई छोड्दिन भनेको थिएँ । अहिले मैले पाउने सेवा सुविधा पनि यही नगरपालिकाको हितको लागि मैले प्रयोग गरिरहेको छु । मैले बचन दिए अनुसार मैले पाउने सेवा सुविधाहरु यही नगरपालिकामा भएका गरिब बिरामीहरुलाई उपचार खर्चको लागि दिएको छु । बस्न, खान समस्या भएकालाई मैले सहारा दिएको छु । सबैभन्दा महत्वपुर्ण काम चाँहि ठुलो लगानी गरेर मेरो पारिश्रमिकबाट वाना स्वास्थ्य चौकी जाने बाटोमा ८ लाख बराबरको ७० देखि ८० मिटरप्रति ढलान भएको छ । साथै, कुनै क्लव तथा समूहले भलिबल तथा फुटबलजस्ता खेलकुदका कार्यक्रम राखेको खण्डमा पुरस्कार सौजन्य गर्ने जस्ता कामहरु गरिरहेको छु ।

कसैले भ्रष्टाचार गरेको थाहा पाउनु भयो भने नि ?

भ्रष्टाचार एक अपराध हो । यदि कसैले भ्रष्टाचार गरेको पाइयो भने अपराधीको रुपमा कारवाही गर्छु । भौतिक कारबाही पनि हुनसक्छ । यहाँका नगरबासीहरुलाई बोलाएर कालो मोसो लगाएर जुत्ताको माला लगाई बिदा गर्दिनेसम्मको क्षमता राख्छु ।

अन्त्यमा, पाँचखपन नगरबासीहरुको आशा तथा अपेक्षा पुरा गर्नु भएको छ त, के भन्न चाहनुहुन्छ ?

सर्बप्रथम म पाँचखपन नगरबासीलाई धन्यवाद दिन चाहान्छु, उहाँहरुले मलाई पाँचखपन नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा पु¥याइदिनु भएको छ । मलाई लाग्छ उहाँहरुको आशा र अपेक्षा अनुसार मैले काम गरेको छु । हरेक विकासका लागि र भ्रष्टाचार गर्न नदिन म लागिपरेको छु । विकासको लागि कुनै पार्टी, क्षेत्र, लिङ्ग नभनि आवश्यकता अनुसार अगाडि बढेको छु । जनताले दिएको म्यान्डेट हामीले पुरा गर्नुपर्छ । तर, विकास भन्ने कुरा एकैचोटी फड्को मार्न गा¥हो हुँदोरैछ । निरन्तररुपमा अगाडि बढेकै छ । भोलिका दिनहरुमा पनि उहाँहरुको सहयोग बिना केहि गर्न सकिदैन । पाँचखपन नगरबासीहरुको साथ र सहयोग हरपल चाहिन्छ र उहाँहरुलाई पनि म हरपल सहयोग र साथ दिने नै छु ।

रोजगार मञ्च डट कमबाट साभार गरिएको ।

सम्बन्धित समाचार