मकालु युवा समाजले दिए राष्ट्रिय आविष्कार केन्द्र र धर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ७७ हजार सहयोग



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा रहेको मकालु युवा समाजले राष्ट्रिय आविष्कार केन्द्र र धर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ७७ हजार रुपैया सहयोग गरेका छन् ।

समृद्ध राष्ट्र निर्माणका लागि सामाजिक क्षेत्रमा अग्रणी रुपमा काम गर्दै आएका म्यागेसस पुरस्कारबाट पुरस्कृत भइसकेका वैज्ञानिक महाविर पुनले संचालन गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रलाई ८८ हजार सात सय ३७ रुपैया र कलाकारिताबाट सामाजिक क्षेत्रमा काम गर्दै आएका चितवनमा गौतम बुद्ध रंगशाला निर्माण गरिरहेका धर्मुस सुन्तली फाउण्डेसनलाई ८८ हजार सात सय ३७ रुपैया हस्तान्तरण गरेको मकालु युवा समाजका सहसंयोजक नवराज कार्कीले बताए । उनले विभिन्न ब्यक्तिहरुबाट संकलन गरिएको १ लाख ७७ हजार ४ सय ७४ रुपैयालाई बराबर रुपमा राष्ट्रिय आविष्कार केन्द्र र धर्मुस सुन्तली फाउण्डेसनलाई वितरण गरिएको बताए ।

समृद्ध राष्ट्र निर्माणमा ति ब्यक्तिहरुले उदाहरणीय काम गरेकाले चीनसंग सिमाना जोडिएको संखुवासभा जिल्ला दुर्गम उत्तरमा रहेको मकालु युवा समाजले सामाजिक कार्यमा ऐक्यबद्धता जनाउर्दै सकेको सहयोग उपलब्ध गराएको सहसंयोजक कार्कीले बताए ।

सम्बन्धित समाचार