संखुवासभा तमू समाजको अध्यक्षमा बाबुराम गुरुङ



काठ्माण्डौ । संखुवासभा तमू समाज सेवा समितिको अध्यक्षमा बाबुराम गुरुङ निर्वाचित भएका छन् । आज काठमाडौंमा भएको संस्थाको दशौं अधिवेशनबाट गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङको नेतृत्वमा १५ जनाको कार्यसमिति पनि चुनिएका छन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता तथा रश्मि गुरुङको अध्यक्षतामा भएको उक्त अधिवेशनमा समाजको मुखपत्र ‘अरुण सुसेली’को १९ औं अंक पनि विमोचन गरिएको थियो।

२०५८ मा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ । आगामी दिनमा अझ संगठित रुपमा प्रभावकारी काम गर्ने नवनिर्वाचित गुरुङले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार