मृतकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि अरुण–३ को काम सुचारु



संखुवासभा । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईको शव ४ दिनपछि आफन्तले जिम्मा लिएका छन्। पीडित पक्ष, अरुण–३ जलविधुत् आयोजना, जयप्रकास एसोसिएट कम्पनी९जेपि० र स्थानीय सरकारबीच सहमति भएपछि राईको शव आफन्तले जिम्मा लिएका हुन् । सहमति भएसँगै आयोजनाको काम पनि सुरु भएको छ।

मृतक राईका छोराछोरीको पढाइ खर्च व्यवस्था गरिदिने, परिवारका दुई जनालाई रोजगारी उपलब्ध गराउने, काज किरिया खर्च जयप्रकास एसोसिएट कम्पनीले उपलब्ध गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए। ठक्करबाट मृत्यु भएका राईको परिवारलाई ५२ लाख रुपैयाँ दिने भएपछि आफन्तले जिम्मा लिएका हुन्। टिपर व्याकसार्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेम कुमारीको सम्पूर्ण उपचार खर्चसमेत आयोजनाले व्यहोर्न सहमति भएको छ।

वार्तामा गाउँपालिका र प्रभावित क्षेत्रका स्थानीयले उठाएका माग र आयोजना विकास सम्झौता (पिडिए)मा उल्लेख भएका विषयहरुको कार्यन्वयनको अवस्थाका बारेमा स्थानीय प्रशासन र पालिकामा १० दिन भित्र विवरण बुझाउने सहमति समेत भएको छ। पिडिएमा सम्झौता भए अनुसार स्थानीयले रोजगारी नपाएको, पुर्वाधार विकासका ध्यान नदिएको र सामाजिक उत्तरदायित्व निर्वाह नगरेको भन्दै स्थानीयहरुले पटक(पटक ध्यानाकर्षण गराउँदै आएका थिए।

मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, एसएपिडिसि सिइओ अरुण धिमान, जेपी कम्पनीका जिएम र पीडित पक्षबीच भएको वार्तामा सहमति जुटेको हो। टिपरको ठक्करबाट राईको मृत्यु भएपछि स्थानीय आन्दोलित हुँदा अरुण तेस्रो अवरुद्ध बनाएको थिए। गत माघ ३० गते शुक्रबार बिहान साढे ९ बजे फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग गर्दे अरुण तेस्रो आयोजनाको काम अवरुद्ध बनाएका थिए।

भारत बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपर प्रहरीको नियन्त्रणमा छन्। टिपरको ठक्करबाट गम्भीर घाईते भएकी राईकी श्रीमति प्रेमकुमारीको काठमाडौंको हेल्पीङ हेन्समा उपचार भइरहेको छ।

सम्बन्धित समाचार