मेची महाकाली सफाई अभियानः खाँदबारीमा पनि गरियो सरसफाई



खाँदबारी । मेची महाकाली सफाई अभियान अन्तर्गत आज संखुवासभाको खाँदबारी पोखरी पार्कमा सरसरसफाई गरिएको छ । सफाई अभियान्ता सरोज कोईरालाको संयोजकत्वमा पोखरी पार्कको सफाई गरिएको हो ।

सफाई कार्यक्रमका लागि खाँदबारी नगरपालिका, नेपाल प्रहरी, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, औषधी ब्यावसायी संघ, खाँदबारी एफ एम र खाँदबारी युथ क्लव स्थानीय आयोजक रहेका छन् । उक्त सरसफाई कार्यक्रममा स्थानीय आयोजकका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । सरसफाईको क्रममा औषधी ब्यावसायी संघ संखुवासभाले २ सय थान मास्क, १ बट्टा पञ्जा र पाँच सय मिलिलिटर स्यानिटाईजर उपलब्ध गराएको थियो ।

पछिल्लो समय जनसंख्या बृद्धि भएसँगै फोहोर मैला समेत बढ्दै गएको र ब्यावस्थापनमा उचित ध्यान नपुगेकोले जनचेतना स्वरुप सरसफाई कार्यक्रमको आयोजना गरिएको अभियान्ता सरोज कोईरालाले बताउनुभयो । यो कार्यक्रम मेचिदेखि महाकालीसम्म नै सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार