धनकुटामा कांग्रेसको वृहत कार्यकर्ता भेलामा नेता भण्डारीले भने देश ठूलो संकटमा फस्दै



धनकुटा । धनकुटामा आयोजित वृहत कांग्रेस भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तरुण विभाग प्रमुख शंकर भण्डारीले मुलुक ठूलो संकटमा फस्दै गएको वताउनु भयो ।
उहाले कांग्रेस भित्र पनि अव संकट आउने सक्ने संकेत गर्दै यूवा नेता शंकर भण्डारीले सवै कांग्रेसले अहिले देखीनै सचेत हुनु पर्ने वताउनु भयो । उहाले प्रतिनिधि सभा पुर्नस्थापना भए पनि देश ठूलो संकटमा फस्ने अव मुलुक सहज रुपमा अगाडी बढ्न नसक्ने समेत वताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व राज्य मन्त्री आदिवासी जनजाती बिभाग प्रमुख सिता गुरुङ्गले महिलाहरुले अझै पनि सहभागीता र अधिकारका लागी आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको बृहत कार्यकर्ता भेलामा प्रर्दश सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस स्थानीय निकाय विभागका सदस्य विश्व प्रकाश श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई लगायत नेताहरुले कांग्रेसका लागी अव आन्दोलन वाहेक अर्को विकल्प नरहेको वताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्ली ,नेपाली कांग्रेस केन्द्रिय निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द्र वहादुर पहरी, नेपाली कांग्रेस तरुण विभागका केन्द्रिय सदस्यहरु राम पल्टन शाह,पासाङ नर्वु शेर्पा,इन्द्र केदेम लिम्बु, लोक वहादुर खत्री, केशव चौलागाई,खीमान सिंह रायमाझी,थीरीबाबु परिवार लगायत समेत आ आफ्नो धारणा राख्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका मनोनित सचिव रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु ज्ञानु गुरुग,निर्मल ओझा,सुमना तिम्सिना, अम्विका परियार,खेम पौडेल,नरेश श्रेष्ठ,राजेन्द्र पौडेल,गोविन्द्र वाग्ले,देवेन्द्र श्रेष्ठ, टिका भण्डारी,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,धनकुटा नगर सभापति रोशन श्रेष्ठ,उपसभापति मिलन खड्गी,पाख्रिवास नगरका कार्य वहाक सभापति प्रेम भण्डारी,मान वहादुर मिश्र,मिन वहादुर कार्की,तरुण दल का क्षेत्रिय अध्यक्ष तिलक महत,नेविसंघ धनकुटा अध्यक्ष बालानन्द दाहाल,उपाध्यक्ष विमर्शमान अमात्य,सचिव सरोज धमला,कोषाध्यक्ष दुर्गा गोङ्वा,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोग,सचिव विकास घिमिरे,निर्वतमान उपाध्यक्ष हरी वहादुर लम्जेल,आदिवासी जनजाती संघका उपाध्यक्ष मिना राई ,नेपाल शिक्षक संघका उपाध्यक्ष टिकाराम श्रेष्ठ,सहसचिव शोभा वराल,पूर्व सचिव हरी दाहाल ,नेपाल निजामती कर्मचारी युनियन संघ धनकुटा अध्यक्ष खिर वहादुर बुढाथोकी ,निर्वाचि वडा सदस्य हिरादेवी राई,महिला संघका वडाध्यक्षहहरु कुसुम जोशी श्रेष्ठ,राधा तिम्सिना,सचिव रेजिना पलिखे ,जानुका सुन्दास ,तरुण दल धनकुट नगर का पूर्व अध्यक्ष रोशनराज अमात्य वडा सभापति रत्नेश राई लगायतका नेता तथा कार्यकर्ताहरुले समेत अन्र्तक्रिया कार्यक्रममा सहभागी हुनु भएको थियो ।

नेपाली कांग्रेस लगानी पूर्वाधार रोजगार समितिको आयोजनामा फाल्गुण ६ गते विहिवार विहान ११ बजे नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा गरीखाने कार्यक्रमको प्रशिक्षण कार्यक्रम पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको प्रमुख आथित्यमा कार्यक्रम गर्ने नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

सम्बन्धित समाचार