१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारी



काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् ।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । दिनेशले पनि भागरथीका अभिभावकसामु आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीको परिवार दाहसंस्कार गर्न सकारात्मक भएका हुन् ।

 

सम्बन्धित समाचार