आमसभाको तयारी स्वरूप युवासंघ सुनसरीको शक्ति प्रदर्शन



इटहरी । ओली समूहको युवा सङ्घ सुनसरीले इटहरी देखी इनरुवा सम्म मोटरसाइकल र्‍याली गरेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ८ गते विराटनगर आउने भएपछि त्यसको तयारी स्वरूप शक्ति प्रदर्शन भएको हो ।

प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रमलाई उत्साह प्रदान गर्नेगरि र्‍याली निकालिएको युवा सङ्घ सुनसरी अध्यक्ष अरुण गुरुङले बताए । ३ हजार बढी मोटरसाइकलले इटहरी र इनरुवा बजार परिक्रमा गरेको उनको भनाइ छ ।

कोणसभाको प्रमुख अतिथि रहेका ओली समूहका जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले सुनसरी जिल्लामा ओलीको पक्षमा कार्यकर्ता बढेको बताए । सुनसरीमा अब नेकपा प्रति पुनः जनविश्वास बढ्न थालेको उनको भनाइ छ ।

सोही सभामा बोल्दै राष्ट्रिय युवा सङ्घका सचिव देवानन्द मेहताले मोटरसाइकल र्‍यालीले ओली समूहमा युवाहरूको आकर्षण बढेको प्रस्ट भएको बताए ।

सम्बन्धित समाचार