विराटनगरमा भोलि ओली समूहको जनसभा, सुरक्षा व्यवस्था कडा



 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाले भोलि ९शनिबार० प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छन् । जनसभाको अघिल्लो दिन आज ९शुक्रबार० मार्चपास गरिँदै छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयबाट आज दिउँसो ३ बजे सुरु हुने मार्चपासले नगरका विभिन्न भागको परिक्रमा गर्ने नेताहरुले बताएका छन् । मार्चपासमा पार्टीका केन्द्रीय एवं प्रदेश नेताहरु, जनवर्गिय संगठनका प्रतिनिधि, नागरिक अगुवा, पेसाकर्मी, युवा, स्वयंसेवकहरु लगायतको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताए ।
विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सभालाई भव्य बनाउन बिहीबार बुढाथोकीकै संयोजकत्वमा विराटनगरमा भव्य मोटरसाइकल ¥याली निकालिएको थियो । ¥यालीमा विराटनगर महानगरपालिकाका विभिन्न वडासँगै मोरङको रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका लगायतबाट करिब पाँच हजारको संख्यामा पार्टी कार्यकर्ताको सहभागिता रहेको उनको भनाइ छ । कोषाध्यक्ष बुढाथोकीका अनुसार पार्टी कार्यालयबाट निस्किएको ¥याली रोडशेष चोक, मुख्य बजार हुँदै पुष्पलाल चोक भएर पुनः ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

ओलीले शनिबार विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना गरिने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई भव्य बनाउन अघिल्लो दिन मार्चपास आयोजना गर्न लागिएको ओली समूहले जनाएको छ । उसले सभामा लगभग डेढ लाख नेताकार्यकर्ता उतार्ने तयारी गरेको छ । ओली समूहले यसअघि काठमाडौं, बुटवल, धनगढी लगायतका स्थानमा जनसभा गरिसकेको छ । पुस ५ गते ओलीले संसद ९प्रतिनिधिसभा० विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित बनेको छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् । दाहाल–नेपाल समूहले संसद विघटनलाई असंवैधानिक एवं प्रतिगामी कदम भनेर संसद पुनस्थापनको माग गर्दै सडक आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार