प्रतिनिधिसभा पुर्नस्थापनाको खुसीयालीमा संखुवासभामा दिपावली



संखुवासभा । प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा प्रचण्ड –नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संखुवासभाले खाँदबारी दिपावली गरेको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेको हो ।

प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा कम्युनिष्ट पार्टी (नेकपा) संखुवासभाले मंगलबार साँझ मैन बत्ति बालेर सदरमुकाम खाँदबारीमा दिपावली गरेको हुन् । सर्वोच्चले प्रतिनिधिसभा प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा पार्टी कार्यालय अघाडी मैन बत्ति बालेर दिपावली गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संखुवासभाका सचिव कृष्ण जिमीले जानकारी दिए । सर्वोच्चले अदालतले स्वागत योग्य निर्णय गरेको सचिव जिमीले प्रतिक्रिया दिए । प्रचण्ड –नेपाल समूहका कार्यकर्ताले खुसीयालीमा नारा जुलुस समेत गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा दिपावली मनाउन कार्यकर्ता उपस्थित भएका थिए ।

उनीहरुले नालायक प्रधानमन्त्रीले केपी शर्मा ओलीको राजिनामा माग्दै नारा जुलुस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरेको थियो । सर्वोच्चले आगामी १३ दिनभित्र बैठक बोलाउन पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचार