इटहरी उपमहानगरमा ग्रामिण क्षेत्रका सवै वाटोहरु आफनोे कार्यकालमाइ कालोपत्रे गरिसक्ने प्रमुख द्धारिकलाल चौधरीको भनाइ



इटहरी । इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताउनुभएको छ ।

इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले त्यसो भन्नुभएको हो । वहुवर्षिय सडक योजना अन्र्तगत गाँउ गाँउका मुलवाटोहरु धमाधम कालोपत्रे भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा मुल वाटो कालोपत्रे भइसकेको छ । अरु योजनामा धमाधम काम भइरहेको छ ।गाँउलाई शहर सँग जोडदै ग्रामिण जनतालाई उपमहानगरवासी भएको अनुभूति हुन थालेको उहाँको भनाई छ । नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपरेको उहाँको दावी छ । आफनो सम्पूर्ण ध्यान इटहरीको विकासमा भएकाले यो बर्ष गत वर्षहरु भन्दा वढि विकास भएर इटहरीको विकास र सम्वृद्धिले नयाँ उचाई प्राप्त गर्ने वताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणकार्यको गुणस्तरमा कुनै सम्झौता नहुने वताउनुभयो । उहाँले जनतालाई आफनै भवनवाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको वताउनुभयो ।वडा कार्यालय शिलान्यास कार्यक्रममा वडाध्यक्ष चन्द्र भटटराईले इटहरी वडा नम्वर ४ मा विकास निर्माण कार्यले तिव्रता पाएको वताउनुभयो । वडा नम्वर ४ को वडा कार्यालय भवन ८६ लाख ४४ हजार ४सय ४४ रुपियाँको लागतमा निर्माण हुने छ ।केहि दिन अघि मात्र वडा नम्वर ८ को वडा कार्यालय भवन शिल्यान्यास गरिएको थियो । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गर्नुभएको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गरिएको हो । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार यसअघिनै नै आठ वटा वडा आफनै भवनमा छन । यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन । वाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक बर्षमा निर्माण गरिने छ ।

सम्बन्धित समाचार