संखुवासभाको चैनपुरमा पत्रकारीता तालिम उद्घाटन



संखुवासभा । संखुवासभाकोचैनपुर स्थित कञ्चनजङ्गा होटलमा एक कार्यक्रमका वीच रेडियो उद्घोषण तथा खोजमुलक पत्रकारिता तालिमको उद्घाटन गरिएको छ ।

लोकतान्त्रीक सिकाई केन्द्रको संयुक्त आयोजनामा सञ्चालन गरिने तालिमको उद्घाटन गद चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाले सञ्चार क्षेत्रमा युवाहरुको चाहना बढेपनि देशको चौथो अंगको रुपमा रहेको यो पेशा मर्यादित वनाउन नसक्नु दुःखको कुरा भएको वताउँदै पीतपत्रकारिता भन्दा माथि उठेर यो पेशा अपनाउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो । उद्घाटनकै अवसरम प्रमुख ढकालले भन्नुभयो सिकाई केन्द्रद्धार आयोजना गरिएको यो कार्यक्रम महत्वपूर्ण भएको वताउँदै खोजमुलक पत्रकारिता पेशा अपनाउन सहभागिहरुलाई अनुरोध गर्नुभयो ।

यसैगरी कार्यक्रममा चैनपुरन नगर शिक्षा शाखाका प्रमुख कमल गौतमले सूचना र सञ्चारको माध्यमबाट जनताहरुलाई सू–सुचित गर्दै विकासको बाटोमा अघिबढ्न यो पेशा महत्वपूर्ण रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा सरस्वती मावि चैनपुरका अध्यक्ष नलकुमार खत्रीले समेत उद्घाटकार्यक्रमलाई अग्रज पत्रकारहरु अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार धनकुटा निवासी हरीबहादुर रम्देल, यसैगरी रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी बलराम दाहालले सहभागीहरुलाई प्रशिक्षण दिइरहका छन् ।

तीन दिन सम्म सञ्चालन हुने आवसिय सो तालिममा ३२ जना युवा युवतीहरु सहभागि रहेका छन् । सो तालिमका अध्यक्षता लोकतान्त्रीक सामुदायिक केन्द्र चैनपुर ५ का अध्यक्ष कुमारबाबु अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ । तीन दिन सम्म चल्ने तालिममा डेढ दर्जन महिला युवतीहरु र १ दर्जन युवाहरुको सहभागिता रहेको तालिमको व्यवस्थापकिय जिम्मा लालिगुँरास साप्ताहिक पत्रिका चैनपुरले संयोजन गरेको लोकतान्त्रिक केन्द्रका परिचालक चन्द्रकुमारी पौडेलले वताउनुभयो ।

सम्बन्धित समाचार