ताप्लेजुङ दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । आगोलागीका कारण ४९ वटा घर जलेर नष्ट भएको छ ।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताएका छन्। आगो नियन्त्रण गर्न अहिले दमकलको प्रयोग गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगालागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

सम्बन्धित समाचार