बसमा बेहोस भएकी संखुवासभाकी राईको उपचारको क्रममा मृत्यु



संखुवासभाकी महिलाको बसको यात्राका क्रममा अचानक बेहोस भएकी उपचारका क्रममा मृत्यु भएको छ । काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ग १ ख ९३६८ नं को बसमा यात्राका क्रममा बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संखुवासभा सिद्वपोखरीकी जमुना राईको उपचारका क्रममा मृत्यु भएको हो ।

तनहुँको दमौली आइपुगेपछि बेहोस भएकी राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ४२ वर्षीय राई पोखरा–५ पर्स्याङमा ज्याला मजदूरी गर्न पोखरा आउँदै थिइन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित समाचार