संखुवासभामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन



संखुवासभामा भूमि सम्बनधी समस्या समाधान आयोगको कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रम बीच जिल्ला समन्वय समितिमा नै रहने गरि आयोगको कार्यालय उद्घाटन गरिएको हो ।

खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा र जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले संयुक्त रुपमा रिबन तानेर कार्यालयका उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा आयोगको उद्धेश्य माथि भूमि सम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य बेदकुमारी रिमालले प्रकाश पारेकी थिइन् । उनले सुकुम्बासी तथा अब्यबस्थित बसोबास भएका आकाश छानो र धर्तीलाई ओछ्यान बनाएर बसिरहेका मानिसहरुलाई छानो ब्यबस्थापन गर्नका लागि आयोगले काम गर्ने जानकारी दिइन् ।

त्यसैगरि कार्यक्रममा बोल्र्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले आमनागरिकहरुले राहत महसुस गर्ने गरि लोकप्रिय काम गर्न आयोग समक्ष अनुरोध गरे । कार्यक्रममा राजनैतिक दलहरु जनता समाजवादी पार्टी सिताराम तिम्सिना, नेपाली काँग्रेसका उषा कार्की र नेकपा एमाले जीतबहादुर घिमिरेले शुभकामना मन्तब्य राख्र्दै निष्पक्ष र सर्वसाधारण जनताको हितमा काम गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस उपप्रमुख अम्बिका खवासले सरकारले राम्रो नियत राखेर आयोग गठन गरेको उल्लेख गर्दै जनताको भावना अनुरुप नै आयोगले काम गर्नुपर्ने सुझाब दिईन् । त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले आममानिसहरुले देख्ने खालका काम गर्न अनुरोध गरे ।

को–को छन् आयोगमा

सरकारले सुकुम्बासी नागरिकहरुको लागि भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि संखुवासभा सहित ७७ वटै जिल्ला एकैसाथ गठन गरि पदाधिकारी नियुक्त गरेर पठाएका हुन् ।

उक्त आयोगमा ७ सदस्यीय समिति रहने कार्यविधीमा उल्लेख छ । जसमा अध्यक्ष, विज्ञ सदस्य र सदस्य गरि ३ जना सरकारले नियुक्त गरेर पठाई सकेको छ । जिल्लामा ४ सदस्य वन, नापी, मालपोत र जिल्ला समन्वय समितिका समन्वय अधिकारी पदेन सदस्य रहने कार्यविधीमा उल्लेख छ । भने जिल्ला समन्वय अधिकारीलाई आयोगको सदस्य सचिव तोकेको छ ।

कस–कसले पाए नियुक्ती

भूमि आयोगको अध्यक्षमा संखुवासभा चैनपुर नगरपालिका–११ घर भएका वीरेन्द्र केसी नियुक्त भएका छन् । साविक खराङ गाविसका पूर्व गाविस समेत अध्यक्ष रहेका केसी नेकपा एमालेका पुराना कार्यकर्ता हुन् । उमेरले ६७ बर्ष पुगेका उनी केही समयअघि नेकपा एमालेका कोशी अञ्चल सदस्य समेत बनेका थिए ।

त्यसैगरि पाँचखपन नगरपालिका वाना घर भई हाल खाँदबारी–१ मा बस्र्दै आएकी बेदकुमारी रिमाल विज्ञ सदस्यमा नियुक्त भएकी छिन् । विभिन्न महिला संघसंस्थामा आवद्ध रिमाल शिक्षण पेशामा समेत आबद्ध छिन् ।

आयोगका अर्का सदस्य जिल्लाका सभापोखरी गाउँपालिका–२ मा जन्मिएका हुन विपिन तामाङ । गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रका तर्फबाट सभापोखरी गाउँपालिका अध्यक्षका प्रत्यासी समेत हुन् । भने उनी हाल नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष रहेका छन् ।
यसअघि पनि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले हालका खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको अध्यक्षतामा जग्गा ब्यबस्थापनका लागि सुकुम्बासी आयोग गठन गरेका थिए ।

सम्बन्धित समाचार