धनकुटाको उद्योग आगलागीबाट पूर्ण ध्वस्त सहयोगका लागी धनकुटा उद्योग बाणिज्य संघद्धारा अपिल



धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ को बहुमुखी पाठशाला उद्योगमा आज विहान आगलागी भै पूर्ण रुपमा जलेर नष्ट भएकाले सवैलाई सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले निरिक्षण गरी अपिल गरेको छ ।

धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा आज विहान २ बजे तिर आगलागी हुदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन,साउण्ड सिष्टमका समाग्रीहरु,हेचरी मिसिन,सवै जात जातीका पोशाकहरु,बाजा गाजाहरु लगायत उक्त उद्योगमा रहेका सम्पूर्ण समाग्रीहरु जलेर नष्ट हुदा ५० लाख रुपैया वरावरको क्षती भएको संचालन सोभित श्रेष्ठले वताउनु भयो ।
आगलागीबाट क्षती भएको उद्योगको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायत टोलीले प्रत्यक्ष अवलोकन गरी दुखमा परेका व्यापारी तथा उद्योगीलाई सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सवै संघ संस्थाहरु,कार्यालयहरु,स्थानीय तहहरु र सवै उद्योगी व्यपारी तथा व्यावसायीहरुलाई सक्दो सहयोग गर्न अपिल गरेको छ ।

व्यापारी तथा धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु सरोज भूजेल र सोभित श्रेष्ठले संयुक्त रुपमा उक्त बहुमुखी पाठशालामा टपरी बनाउने मेसिनबाट टपरी उत्पादन,हेचरी मेसिनबाट चल्ला उत्पादन र साउण्ड सिस्टम,विभिन्न आदिवासी जनजातीहरुको पोशाकहरु बाजा गाजाहरु राखी डान्स प्रशिक्षण लगायत विभिन्न सिप मुलुक तालिमहरु संचालन गर्दै आउनु भएको थियो ।
आगलागीबाट क्षती भएको उक्त बहुमुखी पाठशालाको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ ,कार्यकारी सदस्यहरु उज्वल श्रेष्ठ,रेजिना पलिखे,सुनिता थापा,रिदम श्रेष्ठ,अम्विका धमला,रेवती प्रसाद दाहाल,शोभा श्रेष्ठ लगायत उद्योगी व्यावसायीहरुले अवोलकन तथा निरिक्षण गरी पीडितलाई सहयोग गर्न आग्रह गर्नु भएको हो ।

धनकुटा उद्योग बाणिज्य संघले दैविद प्रकोपमा परी पीडित भएका धनकुटा उद्योगी व्यापारी तथा सर्वसाधरणहरु गरी जम्मा ११४ जनालाई अहिले सम्म राहत प्रदान गरेको छ ।

सम्बन्धित समाचार