संखुवासभा जिल्ला बाल संगठनको सभापतिमा सन्तोष चापागाईं सहीत ७ जना सदस्य नीर्बिरोध नीर्बाचीत



संखुवासभा । संखुवासभा जिल्ला बाल संगठनको सभापतिमा सन्तोष चापागाईं सहीत ७ जना नीर्बिरोध निर्वाचित भएको छ । खाँदबारीमा आज भएको संगठनको जिल्लासभाबाट चापागाईं सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

बाल संगठनको जिल्ला सभामा जिल्ला कार्यसमितिको सदस्यहरुमा टंक रोक्का, सुबोध खतिवडा ,कमल सापकोटा , खेवाहाङ मेवाहाङ, चुडादेबी श्रेष्ठ ,बिनिता पोखरेल र यम बराइलि निर्विरोध निर्वाचित हुनुभएको छ । सभामा संगठनका तदर्थ जिल्ला कार्यसमिति सभापति सन्तोष चापागाईंको अध्यक्षता र जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवास को प्रमुख आतिथ्यता रहेको हो । जिल्ला प्रशासन कार्यलय संखुवासभा का सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे , जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकी , खादबारी नगरपालिकाका रोजगार संयोजक तथा नेपाल बाल संगठन संखुवासभा जिल्ला अधिबेशन का निर्वाचन अधिकृत डम्बरु निरौला लगाएतको सहभागिता रहेको थियो ।

जिल्लासभा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासले बालबालिकालाई बाल हिंसामा पर्न नदिनका लागि नेपाल बाल संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । बालबालिकालाई अधिकारको क्षेत्रमा उन्मुक्त गराउन कर्तब्य र दायित्वमा सुसुचित गराउन र संबिधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गत रहेर कर्तब्य सहितको न्यायोचित अधिकारलाई सुनिश्चित गर्नका लागि संगठनको महत्वपूर्ण भूमिका रहनुपर्ने मा जोड दीनु भएको छ ।

सम्बन्धित समाचार