सङ्खुवासभाको मादीमा बस दुर्घटना, ३२ यात्रु घाइते ,१३जनाको अबस्था गम्भीर



संखुवासभा । सङ्खुवासभाको मादीमा बस दुर्घटना भएको छ । मादीदेखि धरान तर्फ जाँदै गरेको बस दुर्घटना हुदा ३२ जना भन्दा बढी यात्रु भएका छन् । १३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिने भयो।

आज बिहान को १ ख २८२४ नम्बरको शुभम डिलक्स धर्मदेबी नगरपालिका ४ दोभान रिसोर्ट नजिक रोडबाट करिब २० मिटर तल पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिइएको छ ।
घाइतेहरुको उद्धार सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उहाहरुको खोजी कार्य भइरहेको पन िप्रहरीले जनाएको छ।

सम्बन्धित समाचार