पत्रकार महासंघ संखुवासभा अध्यक्षमा ईन्द्र गिरी विजयी



खाँदबारी । पत्रकार महासंघ संखुवासभा शाखाको छैटौं अधिवेशनबाट ईन्द्र गिरी निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रतिद्वन्दी गंगा विष्टलाई पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्दी विष्टलाई ११, २४ को मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । त्यस्तै, सचिव पदमा प्रेम प्रसाद निरौलालाई पराजित गर्दै मेघराज तामाङ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी निरौलालाई ८, २७ को मत अन्तरले पराजित गरेका हुन् । जिल्ला कार्य समितिको ४ सदस्य पदमा सुरेन शाक्य, भविन कार्की, दुर्गेश पौडेल र माधव सुवेदी निर्वाचित भएका छन् । ४ पदका लागि ५ जनाको उमेद्वारी परेकोमा दुर्गामणी कटुवाल पराजित भएका हुन् ।

जिल्ला कार्य समितिको उपाध्यक्षमा कृष्णराज शाक्य र कविता कोईराला (महिला उपाध्यक्ष) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्ष पदमा अनिश विष्ट र सहसचिव पदमा ध्यान कुलुङ र सुजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिको पदावधी ३ बर्षको हुनेछ ।

सम्बन्धित समाचार