खाँदबारीमा विद्युतीय सुरक्षा दिवश मनाइयो



खाँदबारी । ‘विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौ, सम्बृद्धिको लागि बिद्युतको सदुपयोग गरौं’ भन्ने नाराका साथ नेपाल बिद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवश मनाएको छ ।

बिहीबार सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण खाँदबारी केन्द्रका कर्मचारी र प्राविधिक लगायतले प्लेकार्ड र व्यानर सहित नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । प्ले कार्ड सहितको ¥याली पछि आयोजित कोणसभालाई खाँदबारी वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सफल देवकोटाले प्राविधिक कर्मचारीलाई सपथ गराएका थिए । देवकोटाले बिद्युतीय दुर्घटनाबाट बच्न सर्तक भएर काम गर्ने तथा ग्राहकलाई पनि सर्तकता अपनाउन आग्रह गरे । ‘छात्तिमा हात राखेर सपथ खुवाउर्दै कुनै पनि विद्युत्तीय संरचना निर्माण तथा मर्मत गर्दा सुरक्षाका सामग्रीहरु अपनाएर मात्रै कार्य गर्नेछु । विद्युत्तीय सुरक्षा प्रति सावधानी रहनेछु भनी प्रतिबद्धता ब्यक्त गर्दछु ।’देवकोटाले भने ।

सोही अवसरमा बिहीबार दिउँसो विद्युतिय सावधानी बिषयक अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिएको थियो ।

सम्बन्धित समाचार