खाँदबारीमा १०८ मोतियाबिन्दु बिरामीको निशुल्क शल्यक्रिया



खाँदबारी । नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवासभाको आयोजनामा निशुल्क आँखा सिविर सम्पन्न भएको छ ।

केन्द्रले खाँदबारीमा १ दिने शिविर सञ्चालन गरेर आँखाको जाँच गरी मोतियाबिन्दुको बिरामीहरुको निशुल्क उपचार गरेको उपचार गरेको छ । शिविरमार्फत १ हजार ३ सय जनाको निशुल्क उपचार गरिएको छ । सिविरमा सहित ११४ जनाको अपरेसन गरिएको छ । जसमा १०८ जनाको मोतियाबिन्दुको शल्यक्रिया र ६ जनाको सामान्य उपचार गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो । सात सय जनालाई हेल्पिङ हेण्डसको सहयोगमा लेख्न र पढनकोे लागि निशुल्क चस्मा प्रदान गरिएको छ । दुई जना बच्चालाई थप उपचारको लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको छ । जसमा लाग्ने खर्च समेत उपचार केन्द्र खाँदबारीले बेहोर्ने छ ।

मोतियाबिन्दुका कारणले कोही पनि अन्धो भएर बस्न नपरोस भन्ने उद्धेश्यका साथ केन्द्रले शिविर सञ्चालन गरेर आँखाका विरामीहरुको निशुल्क उपचार गरेको जनाइएको छ । केन्द्रले अशिक्षाका कारण धेरैजसोलाई मोतियाबिन्दुको शल्यक्रिया पश्चात आँखा देख्छु भन्ने ज्ञान नभएको कारण धेरैले अन्धोपना भएर बस्नुपरेको भन्दै गाउँ गाउँमा गएर मोतियाबिन्दुको विरामी छनौट गर्ने समेत लक्ष्य लिएको जनाएको छ ।

साथै आगामी वर्ष २०७८ देखि प्रत्येक महिना मोतियाविन्दुको निशूल्क सल्यक्रिया सिविर संचालन गर्ने निर्णय भएको इन्चार्ज बरालले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार