६० वर्ष माथिका जेष्ठ नागरिकलाई सभापोखरी गाउँपालिकाको दन्त उपहार



खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिकाले पालिका भित्रका ४० जना वृद्धवृद्धालाई दन्त उपहार दिने भएको छ । आज बाट सुरु भएको दन्त उपहार कार्यक्रम मार्फत ६० बर्ष माथीका वृद्धवृद्धाको दाँत फेर्न सुरु गरेको गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

पहिलो कार्यक्रम अन्र्तगत पालिका भित्रका वृद्धवृद्धाहरुको दाँतको अवस्थाको बारेमा जानकारी लिइ दोस्रो चरणमा उहाँहरुलाई दाँत उपहार दिएका अध्यक्ष सुब्बाले बताए । पहिलो चरणमा छनौट भएका ४० जना वृद्धवृद्धाको आज र भोली९मंगलबार० दाँत फेरिने छ । वृद्धवृद्धाको दाँत फेर्नका लागि पालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष सुब्बाले जानकारी गराए ।

गाउँमै दाँत फेर्न पाउँदा वृद्ध बुबाआमा धरै खुसी भएको गाउँपालिका उपाध्यक्ष सिता दाहालले बताईन । विभन्न कारणले दाँत नभएको र दाँत खराव भएका वृद्धवृद्धाहरु खर्च अभाव र घरबाट टाढा गएर उपचार गराउन नसक्नेहरुका लागि ठुलो सहयोग पुगेको दाहालको भनाईछ ।

सम्बन्धित समाचार